कैलालीमा साढे पाँच लाख बराबरका अवैध आइफोन बरामद

 संवाददाता    २०८१, २२ माघ मंगलवार ०९:०९     127 जनाले पढ़िसके



Spread the love

कैलालीमा प्रहरीले साढे पाँच लाख बढी मूल्य पर्ने अवैध आईफोन बरामद गरेको छ ।

सोमबार धनगढी उपमहानगरपालिका–२ को आदर्श चोकबाट भन्सार छली गरी भित्र्याइएका अवैध आइफोन बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कविन्द्रसिंह बोहराले भारतबाट भन्सार छलेर ल्याइएका पाँच लाख ७१ हजार पाँच सय बराबरको पर्ने आईफोन, बरामद गरिएको बताए ।

उनकाअनुसार भन्सार छली गरि ल्याइएको पाँच वटा आइफोन ११ मोडल, एउटा एक्सआर मोडल, एउटा आइफोन ७ मोडल तथा आइफोन कभर र डाटा केबल समेत बरामद गरिएको छ । बरामद गरिएको आइफोन आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।