त्रिशूली नदीमा शव फेला

 संवाददाता    २०८१, २० माघ आईतवार ०९:२८     79 जनाले पढ़िसके



Spread the love

गण्डकी गाउँपालिका–२ गोर्दीस्थित त्रिशूली नदी किनारमा एकजना व्यक्तिको शव फेला परेको छ ।

शनिबार नदी किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘हेर्दा ५०-५५ वर्षको पुरुषको शव जस्तो देखिन्छ,’ प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले भने, ‘पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याएका छौ ।’

स्थानीयले शव देखेर खवर गरेपछि शर्मा नेतृत्वको टोली घटनास्थल पुगेको थियो । प्रहरी र विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोली मिलेर शव निकालेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।