विराटनगरमा बालिकाको शव गाडेको अवस्थामा भेटियो

 संवाददाता    २०८१, १८ माघ शुक्रबार १४:२१     94 जनाले पढ़िसके



Spread the love

मोरङको विराटनगरमा एक बालिकाको शव भेटिएको छ । दिल्ली पब्लिक स्कुल नजिकै खेतमा गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शव १४ वर्षीया चाँदनी यादवको हो ।

प्रहरीले खाल्डोबाट शव बाहिर निकालेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।