२० हजारभन्दा कम मूल्यका फोन खोज्दै हुनुहन्छ? यो हो सामसङको सस्तो स्मार्टफोन

 संवाददाता    २०८१, १८ माघ शुक्रबार १४:०६     102 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा विभिन्न कम्पनीका फोन भित्रिएका छन्। त्यो मध्ये दक्षिण कोरियाली कम्पनी सामसङले नेपालमा राम्रो बजार पाएको छ।

सामसङका सबै उमेर समूहलाई सुहाउँदो फोन ल्याउने भएकाले पनि ग्राहक यस कम्पनीको फोन प्रति बढी आकर्षित छन्। कम्पनीले हाल बजारमा १६ हजारदेखि दुई लाख रूपैयाँसम्मको फोन उपलब्ध छ।

त्यसमध्ये यहाँ २० हजार भन्दा कम मूल्य रहेको स्मार्टफोनबारे उल्लेख गरिएको छ।

ग्यालेक्सी ए–०६

यो फोनमा ६.७ इञ्चको डिस्प्ले छ। गुणस्तरीय फोटो खिच्नका लागि फोनको पछाडि भागमा दुई वटा क्यामेरा जडान गरिएको छ। जसमा ५० एमपी मुख्य, २ एमपी डेप्थ लेन्स छन्। त्यस्तै, सेल्फी लिनका लागि फोनको अगाडि भागमा ८ एमपी क्यामेरा छ।

 

 

५ हजार एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।

यो फोन ब्लयाक, सिल्भर र गोल्ड गरि तीन रङमा उपलब्ध छ। सुरक्षाको लागि फोनमा फिंगरप्रिन्ट सुविधा दिइएको छ।

ग्राहकले यो फोन ४ जिबी/६४ जिबी, ४ जिबी/१२८ जिबी र ६ जिबी/१२८ जिबी क्षमतामा किन्न पाउँछन्। फोनको मूल्य क्रमशः १५ हजार ४ सय ९९ रूपैयाँ, १७ हजार ४ सय ९९ रूपैयाँ र १९ हजार ४ सय ९९ रूपैयाँ तोकिएको छ।