काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसदहरु आसन ग्रहण गर्नै मानेन । सभामुखले राष्ट्रपतिले अधिवेशनसम्बन्धी पत्र पढेर सुनाएपछि आसनबाट उठेका रास्वपाका सांसदहरुलाई सभामुखले आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु उठेर विरोध गरेका हुन् ।
रास्वपाका सांसदहरुले सुरुमै बोल्न पाउनुपर्ने भन्दै आकस्मिक समय माग्दै वैठकमा आसनबाट उठेर विरोध गरेका हुन् ।
सभामुखले उनीहरुलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकैबिच सभामुख घिमिरेले संसदीय कारवाही अघि बढाउदै राष्ट्रपतिबाट संसदलाई प्राप्त पत्रहरु पढेर सुनाएका छन् ।