फेसबुक सञ्चालक कम्पनी मेटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट निलम्बन गरेको मुद्दामा सम्झौता गर्न सहमति जनाएको छ ।
अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको घोषणा रोक्नका लागि क्यापिटल भवनमा ट्रम्प समर्थकहरू जबरजस्ती प्रवेश गरेपछि फेसबुकले ट्रम्पको अकाउन्ट निलम्बन गरेको थियो । आफ्नो सामाजिक सञ्जाल खाताहरू निलम्बन गरेर कम्पनीले आफ्नो अधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै ट्रम्पले मुद्दा दायर गरेका थिए ।
अब राष्ट्रपति ट्रम्प भए पछि मेटाले २२ मिलियन डलर ट्रम्पको पुस्तकालयलाई अनुदान दिने र तीन मिलियन डलर कानुनी शुल्क तिर्न सहमति जनाएको छ।