मोटरसाइकलको ठक्करबाट वृद्वाको मृत्यु

 संवाददाता    २०८१, १७ माघ बिहीबार १५:१९     100 जनाले पढ़िसके



Spread the love

मोटरकाट्यमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

कमल बजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया मैसरा ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए।

मोटरसाइकल चालक तुर्माखाँद गाउँपालिका–५ का २३ वर्षीय लक्ष्मणबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।