एकीकृत समाजवादीको सचिवालय बैठक जारी

 संवाददाता    २०८१, १७ माघ बिहीबार १३:०८     67 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ । विपक्षी दलको बैठक सकिएसँगै पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक सुरु भएको हो ।

संसद् अधिवेशन र सरकारले प्रस्तुत गरेको अध्यादेशबारे पार्टीको धारणा तय गर्न बैठक बसेको हो । पछिल्लो राष्ट्रिय राजनीति र पार्टीको गतिविधिबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।