काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० हजार अवैध आप्रवासीलाई राख्नका लागि क्यूबाको ग्वान्तानामोमा एक कैदखाना विस्तारको आदेश दिएका छन् । ट्रम्पले यो सुविधा अमेरिकीहरुलाई धम्की दिने सबै भन्दा खतरनाक आपराधिक ‘अवैध एलियन्स’लाई राखिने भनी अभिव्यक्ति दिएका छन् ।
ग्वान्तानामोमा राखिनेहरुलाई दिने सुविधा त्यहाँस्थित सैन्य जेलभन्दा फरक हुने ट्रम्प निकटस्थले बताएका छन् । क्यूबाका राष्ट्रपतिले भने यसलाई ‘क्रुरतापूर्ण कृत्य’ भनी टिप्पणी गरेका छन् ।
यसबीच, ह्वाइट हाउसले संघीय सहयोग रोक्ने एक आदेशलाई रद्द गरिदिएको छ । जुन यो हप्ताबाट लागू हुने भन्दै चर्चा भएपछि सर्बत्र ठूलो भ्रमको स्थिति सिर्जना भएको थियो भने सहायताप्रति आश्रित कयौँ नागरिकहरु त्राही भएका थिए ।
राष्ट्रपति ट्रम्पले भने प्रारम्भिक रोक ‘घोटाला’सँग निपटनका लागि थियो भनी, प्रतिक्रिया दिएका छन् । र, यसअघि स्वास्थ्य सचिवका लागि ट्रम्पले चुनेका रोबर्ट एफ क्यानेडी जूनियरले अमेरिकी सिनेटरमाझ घन्टौं केरकारको सामना गर्नु परेको थियो ।