आफूविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारीलाई ट्रम्पले गरे बर्खास्त

 संवाददाता    २०८१, १५ माघ मंगलवार ११:२३     97 जनाले पढ़िसके



Spread the love

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ अधिकारीलाई बर्खास्त गरेको छ। जसले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए।

बीबीसीका अनुसार, न्याय विभागका एक अधिकारीले कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले यी अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको बताए।

यसैबीच ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ।जसमा सेनामा ट्रान्सजेन्डरको भर्ती, कोभिड खोप लिन अस्वीकार गर्ने सैनिकहरूको पुनर्बहाली र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित आदेश छन्।