राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा अधिवक्ता सोविता गौतमले सभापति रवि लामिछानेलाई अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेपछि असन्तुष्टि व्यक्त गरेकी छन्।
उनले भनिन्, “यही अदालतमा सहकारीका सञ्चालकहरू ५ लाख, १० लाख, १२ लाख धरौटीमा छुटेका छन्। तर सभापतिजीलाई सबै प्रमाण हुँदाहुँदै पनि एक करोड धरौटी मागिएको छ। अदालतको आदेश मान्नैपर्छ, तर यो धरौटी व्यक्तिगत रूपमा बढी हो कि भन्ने महसुस भएको छ।”
उनले अदालतको आदेशलाई ससम्मान स्वीकार गर्ने बताउँदै भनिन्, “अदालतको आदेशलाई हामीले प्रश्न गर्न मिल्दैन। तर, यो बिगो र धरौटीको विषयमा स्पष्ट कानुनको अभाव छ भन्ने कुरा मैले संसदमा पनि उठाएको छु। यो समस्या सभापतिजी मात्र होइन, धेरैलाई परेको छ।”