प्रणालीमा ५० अर्ब फर्किने भएपछि बैंकहरूबाट फेरि ४० अर्ब उठाउँदै राष्ट्र बैंक

 संवाददाता    २०८१, १३ माघ आईतवार १३:२०     58 जनाले पढ़िसके



Spread the love

यसअघि उठाएको ५० अर्ब रूपैयाँ बैंकिङ प्रणालीमै फर्किने भएपछि राष्ट्र बैंकले आइतबार फेरि ४० अर्ब उठाउने भएको छ।

नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत् यसरी बैंकिङ प्रणालीमा रहेको अधिक तरलता खिच्न लागेको हो।

गत पुस २१ गते उठाइएको ५० अर्ब रूपैयाँ आइतबार नै परिपक्व हुँदैछ।

यसअघि माघ ९ गते राष्ट्र बैंकले ९० अर्ब उठाउन खोज्दा बैंकहरूले ७७ अर्ब ६५ करोड राख्न बोलकबोल गरेका थिए। सो समय औसत २.९९ प्रतिशत ब्याजदरमा बैंकहरूले रकम राखेका थिए।

माघ १० गतेसम्म बैंकहरूले राष्ट्र बैंकमा राखेकोमध्ये दुई खर्ब ७९ अर्ब रूपैयाँ प्रणालीमा फिर्ता हुन बाँकी छ।

यस्तो रकम केही अघिसम्म तीन खर्बभन्दा माथि देखिँदै आएको थियो।