सिरहामा ८ दिनदेखि बेपत्ता महिलाको शव पोखरीमा फेला

 संवाददाता    २०८१, १० माघ बिहीबार २०:१२     59 जनाले पढ़िसके



Spread the love

सिरहामा आठ दिनदेखि हराइरहेकी एक महिलाको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । सिरहाको कर्जन्हा नगरपालिका-७ मरेवाकी ६५ वर्षीया देवी यादवको शव फेला परेको हो ।

उनको शव कर्जन्हा नगरपालिका-६ बेतहास्थित खलिल राइनको पोखरीमा बिहीबार पौने ४ बजे फेला परेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

प्रहरीका अनुसार उनी २ माघको बिहान ६ बजेदेखि हराइरहेकी थिइन् । खोज तलासको क्रममा उनको शव बिहीबार पोखरीमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।