नगरसभा स्थगित भएपछि कांग्रेस जनप्रतिनिधिले लगाए पोखरा महानगरमा ताला

 संवाददाता    २०८१, ७ माघ सोमबार २१:१८     93 जनाले पढ़िसके



Spread the love

पोखरा । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पोखरा महानगरपालिकामा तालाबन्दी गरेका छन् । सोमबार उनीहरूले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका हुन् ।

बहुमत सदस्य उपस्थित हुँदा पनि मेयरले नगर सभा स्थगित गरेको विरोधमा उनीहरूले ताला लगाएका हुन् । ‘बहुमतको हस्ताक्षर छ । नगर सभा स्थगित गर्नुपर्ने कारण छैन,’ वडाध्यक्ष सन्तोष बास्तोलाले भने, ‘मेयरले सभा स्थगित गरेपछि विरोधमा ताला लगाइएको हो ।’

यसअघि नगर सभा बैठक एमालेले बहिष्कार गरेका थिए । एमालेको बहिष्कारपछि सभा स्थगित गरिएको हो ।