समाचार एजेन्सी टासका अनुसार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो टोलीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ताको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । समाचार एजेन्सी टासमा प्रकाशित रिपोर्टका अनुसार ट्रम्पले आफ्नो टोलीलाई शपथ समारोह पछि पहिलो दिनमा नै पुटिनसँग फोन संवाद गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
रिपोर्ट अनुसार वार्ताको एउटा लक्ष्य युक्रेनमा द्वन्द्व अन्त्य गर्ने प्रयास गर्न ‘आउँदो महिनाहरूमा व्यक्तिगत बैठकमा छलफल गर्ने’ हुनेछ । ट्रम्पले जनवरी ७ मा युक्रेन मुद्दा समाधान गर्न २४ घण्टा भन्दा बढी लाग्न सक्ने कुरालाई अस्वीकार गरेका थिएनन् । ट्रम्पले आफू राष्ट्रपति बनेलगत्तै युक्रेन र रुसबिचको युद्ध अन्त्य हुने बताएका थिए ।