यस्तो छ आजको दिनभरिको मौसम

 संवाददाता    २०८१, ७ माघ सोमबार ०७:०५     64 जनाले पढ़िसके



Spread the love

हाल देशमा पश्चिमी वायुको प्रभाव छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। साथै तराइका धेरै भू–भागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

सोमबार कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक बदलीको सम्भावना छ। बाँकी भू–भागहरूमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

आगामी २४ घन्टाका लागि कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्नेतर्फ पनि महाशाखाले सचेत गराएको छ।