हजारबिघामा ३ दिनदेखि जंगली हात्तीको आतंक, घर र बालीनालीमा क्षति

 संवाददाता    २०८१, ६ माघ आईतवार १२:५०     163 जनाले पढ़िसके



Spread the love

हजारबिघा, ०५ माघ – सर्लाहीको हरिपुर नगरपालिका–१, हजारविघामा जंगली हात्तीले किसानको अन्न र उखुबाली नष्ट गरेको छ ।

नजिकको जानकीनगर जंगलमा दिनभर बस्ने हात्तीले रात परेपछि ३ दिनदेखि व्यापक आतंक मच्चाएको हो । हात्तीले हजारबिघाका तुलकुमारी मगरको घर भत्काइदिएको छ । त्यस्तै एक÷डेढ बिघाको मकै, उखु, गहुँलगायतको बालीनाली नष्ट पारिसकेको हरिपुर १ का वडाध्यक्ष नानीबाबु थापाले जानकारी दिए ।

वडाध्यक्ष थापाका अनुसार हात्तीले आतंक मच्चाउँदा स्थानीयमा त्रास सिर्जना भएको छ । सर्लाहीको हजारबिघा, मुर्तिया, सागरनाथ, गौरीशंकरलगायतको क्षेत्रमा वर्षेनिजसो जंगली हात्ती आएर आतंक मच्चाउने गरेका छन् ।

हात्ती आएर दुःख दिन थालेपछि डिभिजन वन कार्यालय सर्लाहीले सावधानी अपनाउन सर्वसाधारणसँग अनुुरोध गरेको छ ।