कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ

 संवाददाता    २०८१, ६ माघ आईतवार ०७:०१     103 जनाले पढ़िसके



Spread the love

काठमण्डौ – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापामाथि आक्रमण भएको छ । हिजो दिउँसो शिवसताक्षीको दोमुखा पर्यटकीयस्थलमा भएको नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधाराको निवास फर्कंदै गर्दा उहाँमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा आक्रमण भएको हो ।

थापामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । उनीहरु नेपाल विद्युत प्राधिकरणको कर्मचारी भएको प्रहरीले जनाएको छ । आफू चढेको गाडीलाई अवरोध गरी अचानक आक्रमण गरिएको थापाले बताउनुभयो । आक्रमणमा थापाको आँखा र अनुहारमा सामान्य चोट लागेको छ ।