एप्पलको टाइप सी केबलमा देखियो सुरक्षा जोखिम

 संवाददाता    २०८१, २९ पुष सोमबार १६:०२     88 जनाले पढ़िसके



Spread the love

काठमाडौँ– एप्पल प्रयोगकर्ताले नयाँ सुरक्षा जोखिमको सामना गरेका छन् । सुरक्षा सोधकर्ताले एप्पलको स्वामित्वमा रहेको युएसबी सी केबललाई सफलतापुर्वक ह्याक गरेपछि यस्तो घटना बाहिरिएको हो ।

एप्पलको टाइप सी केबलबाट ब्याट्री चार्ज गर्न र डेटा ट्रान्सफर गर्न सकिन्छ । यो केबलमा सुरक्षासम्बन्धी समस्या देखिएपछि सेक्युरिटी रिसर्चरले एप्पलको सुरक्षामाथि नै प्रश्न उठेको बताएका छन् । जानकारहरुले एप्पलमा कुनै पनि खालको सुरक्षा चुनौती हुन सक्ने भए पनि चिन्तित नै हुनु नपर्ने पनि बताएका छन् ।

एप्पलको युएसबी सी केबलबाट डेटा ट्रान्सफर गर्दा दिइने अनुमतिको अरु ह्याकरले फाइदा उठाउन सक्ने सुुरक्षा विज्ञहरुले औँल्याएका हुन् । यद्यपि एप्पलले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन ।