दिवंगत सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीलाई प्रदान गरिएको छ।
बुद्ध एयर तथा सर्वोच्च अदालत बार एसोसिएसन, नेपालद्वारा स्थापित उक्त पुरस्कार शनिबार प्रदान गरिएको हो। पुरस्कारको राशि ३ लाख रपैयाँ रहेको छ।
सुरेन्द्रबहादुर बस्नेत बुद्ध एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्वन्यायाधीश समेत थिए।उनी निर्वाचन आयोगको प्रथम आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष पनि थिए।