अमेरिकामा एक दशकपछिकै भारी हिमपात, हिमआँधीको चेतावनी

 संवाददाता    २०८१, २२ पुष सोमबार ०७:३५     95 जनाले पढ़िसके



Spread the love

एक दशकपछि कै भारी हिमपातका कारण अमेरिकाको जनजीवन प्रभावितत भएको छ । लाखौं अमेरिकीहरु एक विशाल हिमआँधीको चपेटामा पर्ने अनुमान समेत गरिएको छ ।

हिमपातका कारण हजारौं हवाई उडान प्रभावित भएका छन् । सेन्ट लुइस र मिसौरी हुवाईअड्डा सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । कन्सास र मिसौरीमा हिमआँधीको चेतावनी दिइएको छ भने थप हिमपातको अनुमान समेत गरिएको छ ।

केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरी राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टुकीस्थित मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलमा विमान नै हिउँले छोपिएका दृष्यहरु देखिएका छन् । सम्भावित आँधीको चेतावनीका कारण ४५ सय उडान निलम्बित भएका छन् भने दुई हजार बढी उडान रद्द भएका छन् ।