मध्यमर्स्याङ्दीको विद्युत् उत्पादन घट्दै

 संवाददाता    २०८१, १८ पुष बिहीबार १६:४२     79 जनाले पढ़िसके



Spread the love

बेँसीसहर नगरपालिका–१ दलालस्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ।

मर्स्याङ्दी नदीमा पानीको मात्रा घटेपछि ७० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत् उत्पादन घट्न थालेको हो ।

आयोजना केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार ३० मेगावाट बिजुली उत्पादन घटेको छ। अझै पानी कम हुँदै जाने र क्रमशः उत्पादन घट्दै जाने उनको भनाइ छ । हाल आयोजनाबाट ४० मेगावाट विद्युत उत्पादन भइरहेको छ। आगामी फागुनसम्म उत्पादन घटने उनले बताए।

गत वर्ष पनि विद्युत् उत्पादन घटेर २५ मेगावाटमा झरेको थियो। सो आयोजना सन् २००८ मा २७ अर्ब २० करोडमा निर्माण सम्पन्न भएको थियो। जिल्लामा निर्माण सम्पन्न भएका अन्य विद्युत् आयोजनाको पनि उत्पादन घट्न थालेको छ।

दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत् उत्पादन घट्न थालेको जनाइएको छ।