काठमाडौंमा भूकम्पको धक्का

 संवाददाता    २०८१, १८ पुष बिहीबार १३:३०     96 जनाले पढ़िसके



Spread the love

१८ पुस, काठमाडौं। काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको हो ।

यसअघि बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो ।