बाल गायक सचिन परियारको मृत्यु

 संवाददाता    २०८१, १८ पुष बिहीबार १२:५९     61 जनाले पढ़िसके



Spread the love

युट्युबमार्फत चर्चामा आएका बालगायक सचिन परियारको निधन भएको छ।

गुल्मी घर भएका परियार पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए।

त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको र अहिले कागजी प्रक्रिया चलिरहेको अस्पताल प्रशासनले जनाएको छ।उनले चर्चित टेलिशृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही भिडियो गीतमा अभिनय गरेका थिए।