श्रीलंकाको राजदूतमा नेपालीको नाम सर्वसम्मत अनुमोदन

 संवाददाता    २०८१, १४ पुष आईतवार १५:५९     70 जनाले पढ़िसके



Spread the love

काठमाडौं। संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

मन्त्रिपरिषदको मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका नेपालीलाई सिफारिस गरेको थियो। समितिको आइतबारको बैठकले सरकारलाई धन्यवाद दिँदै नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

राजदूतमा नेपालीको नाम अनुमोदन गर्दैगर्दा संसदीय सुनुवाइ समितिले भने सरकारलाई धन्यवाद दिएको छ। राजदूत सिफारिस गर्दा समावेशी बनाउन समितिले दुई पटकसम्म परराष्ट्र मन्त्रीलाई बोलाएर छलफल गरेको थियो।

प्रस्तावित राजदूत नेपालीले लुम्बिनीको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन पहल गर्नेलगायत प्रतिबद्धता जनाएका थिए। साथै उनले राजदूत सिफारिस समावेशी बनाएकोमा सरकार र समितिलाई पनि धन्यवाद दिएका थिए।