सर्लाहीमा आज थप ७ वटा क्रसर उद्योग बन्द गराइयो

 संवाददाता    २०८१, १२ पुष शुक्रबार १२:१५     335 जनाले पढ़िसके



Spread the love

जिल्ला अनुुगमन उपसमितिका संयोजक तथा जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्रकुमार महतोको नेतृत्वमा खटिएको अनुुगमन टोलीले मापदण्ड विपरीत सञ्चालित बरहथवा, बागमती र बसबरियाका सातवटा क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो । अनुुगमन समितिले अभिनित वासिङ्ग उद्योग र अभिनित ढुुङ्गा क्रसर उद्योग बसबरिया–३, बरहथवा गिट्टी बालुुवा प्रशोधन तथा सप्लायर्स बरहथवा–८, राहुुल गिट्टी बालुुवा वासिङ्ग सेन्टर बरहथवा–८, गौतम गिट्टी बालुवा प्रशोधन उद्योग बरहथवा–१, हजरिया बालुवा गिट्टी प्रशोधन कम्पनि बरहथवा–१, सर्लाही बालुुवा प्रशोधन एण्ड क्रसर उद्योग हजरिया र बालुवा वास प्लान्ट बागमती–१२, लाई तत्काल उद्योग बन्द गर्न पत्र दिएको छ ।

यि सातवटै क्रसर उद्योग ढुुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्वन्धि पहिलो संशोधन मापदण्ड–२०७९ विपरीत सञ्चालनमा रहेकाले तत्काल बन्द गर्न निर्देशन दिइएको अनुुगमन टोलका सदस्य एवं सर्लाहीका निमित्त प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।

सर्लाहीमा मापदण्ड मिचेर चलाइएका क्रसर उद्योगको केही दिनदेखि धमाधम अनुुगमन गरेर बन्द गराउनेक्रम चलिरहेको छ । जिल्ला अनुुगमन उपसमितिले हिजो मात्रै फूलजोर बाबा बालुवा तथा गिट्टी प्रशोधन उद्योग ईश्वरपुर–५, शुुभम एग्रिगेट इण्डष्ट्रिज ईश्वरपुर–५, सिद्धिविनायक एग्रिगेट इण्डष्ट्रिज हरिपुुर–८ र राजदेवी माई बालुवा गिट्टी ढुंगा वासिङ्ग प्रालि हरिपुर–५ लाई पत्र दिएर तत्काल उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।

यसअघि गएको मंगलबार र शनिबार जिल्ला समन्वय समितिका प्रमुख र जिल्लाका सुरक्षा प्रमुखहरु सम्मेलित जिल्ला अनुुगमन समितिले लालबन्दी–१७, रानिगन्जको प्रिन्स क्रसर उद्योग, बागमती–७, को जय माँ दुुर्गा र बागमती–४, को हरेकृष्ण क्रसर उद्योगलाई पूूर्णरुपमा बन्द गर्न निर्देशन दिएको थियो । सोही अनुुगमन समितिले बुुधबार नै बागमती नगरपालिका ६ चन्दनघाटमा कतैकुनै निकायमा दर्ता नभएको मोवाइल क्रसर र क्रसरमा प्रयोग भएका उपकरण तथा सवारी बरामद गरेको थियो ।

सरकारले मापदण्ड पूरा नगरेका क्रसर उद्योगलाई यसरी वर्षेनिजसो केही समय कडाई गर्ने र त्यसपछि पुनः खुुकुुलो नीति बनाएर सञ्चालन हुन दिने क्रम चल्दै आएको छ ।