मुलुकमा संकट देखिँदा एमाले–कांग्रेसबिच सहकार्य हुनु स्वाभाविक : ईश्वर पोखरेल

 संवाददाता    २०८१, १० पुष बुधबार १५:०७     74 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा संकट देखिँदा एमाले–नेपाली कांग्रेसबिच सहकार्य हुनु स्वाभाविक रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्न बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पोखरेलले विभिन्न कालखण्डमा मुलुक समस्यामा पर्दा एमाले–कांग्रेसबिच सहकार्य भएको स्मरण गर्दै अहिले पनि मुलुकमा संकट देखिएकाले दुई दलबिच सहकार्य भएको बताएका हुन् ।

मुलुकको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनुलाई अन्यथा लिन नहुने उनले बताए । उनले एमाले–कांग्रेसबिचको सहमति सत्ताका लागि नभइ मुलुकको संकट समाधानका लागि भएको उल्लेख गरे ।

पोखरेलले सञ्चार क्षेत्रले जबाफदेही भएर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा सुझाव पनि दिए । उनले गलत सूचना प्रवाह गर्ने प्रवृत्तिलाई महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरेर नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।