प्रेमनाथ पौडेल /सर्लाहीको हरिवनमा गएराती स्कुटर ट्याक्टरमा ठोक्किँदा नगर प्रहरीको मृत्यु भएको छ । भने, एक जना घाइते भएका छन् ।
गएमध्यराती सर्लाहीको हरिवन मा सवारी दुर्घटाना मा परि एक नगर प्रहरीको ज्यान गएको छ भने अर्का एकजना गम्भिर गाईते भएका छन ।
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत हरिवन नगरपालिका–९, नोचामा ट्याक्टरमा स्कुटर ठोक्किँदा हरिवन नगरपालिका मा कार्यरत नगरप्रहरी हरिवन ८ , निवासी २५ वर्षीय कवि रिखाम मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो ।
नगर प्रहरी जवान मगरको मृत्युमा नगरपालिकाले आज मंगलबार शोक बिदा समेत घोषणा गरिएको छ ।
सर्लाही प्रहरीका अनुसार मगरले चलाएको बागमती प्रदेश ०२–०२८ प ६५०८ नम्बरको स्कुटर इन्दुशङ्कर चिनी उद्योगमा उखु पुर्याएर फर्किएको ना ६ त ३०५० नम्बरको ट्याक्टरको पछाडि ठोकिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मगरको उपचारको क्रममा बाराको न्युरो अस्पतालमा मृत्यु भएको हो ।
यस्तै सोही दुर्घटनामा परि गम्भिर घाइते भएका हरिवन नगरपालिका–८बस्ने अन्दाजी बर्ष ४० को रामजी बस्नेतको न्यूरो अस्पताल कलैया मै उपचार भइरहेको छ ।
बस्नेत स्कुटरको पछाडि सवार रहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो । उहाँको खुट्टाको पैताला र डाढमा चोट लागेको छ । दुर्घटनापछि प्रहरीले ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।