सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

 संवाददाता    २०८१, १० पुष बुधबार १२:४६     131 जनाले पढ़िसके



Spread the love

बुधबार सुनचाँदीको भाउ सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको हो ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । आज १८०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।