नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन

 संवाददाता    २०८१, ७ पुष आईतवार १५:१२     126 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेपाल एयरलाइन्सको जहाजमा अचेत अवस्थामा भेटिएका एक यात्रुको निधन भएको छ । गएराति हङकङबाट काठमाडौँका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजमा सवार यात्रु देउमान लिम्बु अचेत अवस्थामा भेटिएकामा उनको उपचारका क्रममा केएमसी अस्पतालमा निधन भएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

गएराति हङकङबाट काठमाडौँका लागि निगमको आरए ४०१ उडान भएको थियो । उनी जहाजमै अचेत भेटिएपछि नजिकको अस्पताल केएमसी लगेपनि गएराति नै अस्पतालले मृत घोषणा गरेको बताइएको छ ।