काठमाडौं महानगरले हटायो बानेश्वरको कवाडी संकलन पसल

 संवाददाता    २०८१, ५ पुष शुक्रबार १४:५७     116 जनाले पढ़िसके



Spread the love

काठमाडौँ महानगरपालिकाले बानेश्वर हाइटमा बनेको मापदण्डविपरीत सञ्चालित कवाडी व्यवसाय संरचना हटाएको छ ।

काठमाडौं-१०, बानेश्वर हाइटमा रहेका ती संरचना हटाउन पटकपटक सूचना दिँदा पनि अटेरी गरेको भन्दै महानगरले डोजर चलाएको हो ।

महानगर प्रहरी बलले शुक्रबार ती संरचना हटाएका हुन् ।