कैँची सङ्कलन गर्ने टिकटककी यी चर्चित युवती

 संवाददाता    २०८१, ४ पुष बिहीबार १२:३४     94 जनाले पढ़िसके



Spread the love

एजेन्सी । यो संसारमा बिभिन्न रुची भएका मानिसहरु छन् ।

ती मध्येकी एक हुन् बेलायतकी २४ वर्षीया युवती सिड्नी हार्डिङ,जसको रुची कैंची संकलन गरेर संग्रह गर्ने रहेको छ ।

झुप्पाबाट अङ्गुर काट्नका लागि होस् कि कपाल छोट्ट्याउनका लागि, सिड्नी हार्डिङको सग्रहमा विभिन्न प्रयोजनका र विभिन्न शैलीका गरी सयौँ कैँचीहरू छन्।लन्डनकी यी २४ वर्षीया युवतीले कैँची सङ्कलनमा अस्वाभाविक रुचि देखाएकी छिन्। उनले टिकटकमा पोस्ट गरेका कैँचीसँग सम्बन्धित भिडिओ लाखौँ मानिसले हेरेका छन्।

त्यस्ता भिडिओमा कैँची भएको बाकस खोलेको देखाउँदै उनी आफूले उक्त कैँची कसरी हासिल गरिन् भन्ने व्याख्या गर्छिन्।बीबीसीका अनुसार उनलाई ’अटिजम’ छ। उनी “संवेदनात्मक अनुभूति“का कारण कैँची सङ्ग्रह गर्ने बानी परेको बताउँछिन्।