अर्नाको आक्रमणबाट सप्तरीमा किसानको मृत्यु

 संवाददाता    २०८१, ४ पुष बिहीबार ११:४७     91 जनाले पढ़िसके



Spread the love

सप्तरीमा खेतमा काम गरिरहेका किसानको अर्नाको आक्रमणबाट मृत्यु भएको छ ।

कोशी टप्पुबाट आएको अर्नाको आक्रमणबाट हनुमाननगर कंकालिनी नगरपालिका-९ का शुभेलाल मण्डलको मृत्यु भएको हो ।

बुधबार खेतमा काम गरिरहेका बेला अर्नाको आक्रमणबाट उनी गम्भीर घाइते भएका थिए । स्थानीयले तत्कालै उपचारको लागि लग्दा उनको मृत्यु भएको सपतरी प्रहरीले जनाएको छ ।