राष्ट्रपति पौडेलले गरे भारत र मलेसियामा राजदूत नियुक्त

 संवाददाता    २०८१, ३ पुष बुधबार १६:३०     67 जनाले पढ़िसके



Spread the love
राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूतलाई नियुक्त गरेका छन्।

उनले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा र मलेसियाका लागि नेपालको आवासीय राजदूत नेत्रप्रसाद तिम्सिनालाई नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले उनीहरूलाई नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेका हुन्।