नेकपाको बर्खेबालीः १५ सय क्विन्टल उत्पादन

 संवाददाता    २०८१, ३ पुष बुधबार १५:४२     56 जनाले पढ़िसके



Spread the love

विप्लव नेतृत्वको नेकपाले गत बर्खामा लगाएको धान लगायत बालीबाट १५ सय क्विन्टल उत्पादन गरेको छ।

कपिलवस्तुको शिवगढीमा सोमबार र मंगलबार भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफूले गरेको उत्पादनबारे रिपोर्टिङ गरेका थिए।

उनीहरूले गरेको रिपोर्टिङका आधारमा अहिलेसम्म १५ सय क्विन्टल बाली उत्पादन गरेको प्रवक्ता खड्क विश्वकर्मा प्रकाण्डले जानकारी दिए।

उनले आउँदो वर्ष उत्पादनलाई अझै धेरै बढाउने निर्णय पनि बैठकले गरेको जानकारी दिए। उत्पादन र श्रममार्फत् मुलुकलाई समृद्धिमा लैजाने नीति अनुरूप आफूहरू खेतीपातीमा लागेको प्रकाण्डले बताए।

गत बर्खामा नेकपाले १२० बिगाह जग्गामा खेतीपाती गरेको थियो।