शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अनुमति

 संवाददाता    २०८१, २ पुष मंगलवार १५:४८     104 जनाले पढ़िसके



Spread the love

धादिङकी शोभा पाठकलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

सोमबार काठमाडौं जिल्ला अदालत अगाडिबाट पक्राउ परेकी पाठकलाई प्रहरीले आज मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको प्रहरीले जनाएको छ । पाठकलाई प्रहरी वृत्त स्वयम्भूमा राखेर अनुसन्धान गरिएको छ ।

पाठकविरुद्ध राजकुमार त्रिपाठी नाम गरेका व्यक्तिले साइबर कसुरमा प्रहरी वृत्त स्वयम्भूमा उजुरी दिएका थिए ।