श्रीलंकामा नयाँ सभामुख चयन

 संवाददाता    २०८१, २ पुष मंगलवार १५:४०     98 जनाले पढ़िसके



Spread the love

श्रीलंकाको संसद्‌ले मंगलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति ९एनपीपी० का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ।

विक्रमरत्नेलाई प्रधानमन्त्री हरिणी अमरसूर्याले मनोनयन गरेका हुन्। साथै, उनको प्रस्तावलाई संसदीय दलका नेता विमल रत्ननायकले समर्थन गरेका थिए।

उपसभामुख रिजवी सालिहले सदनमा विक्रमरत्नेलाई नयाँ सभामुखमा सर्वसम्मतिले नियुक्त गरेको घोषणा गरे।

शैक्षिक योग्यताका विषयमा विवाद भएपछि गत नोभेम्बर १३ मा तत्कालीन सभामुख अशोक सपुमल रानवालाले राजीनामा दिएका थिए।

यसअघि विपक्षी दलले सभामुखलाई जापानी विश्वविद्यालयबाट पीएचडी गरेको विषयमा झुट बोलेको आरोप लगाएका थिए। रासस