बम बिस्फोटमा मारिए रूसी सेनाको आणविक सुरक्षा बलका प्रमुख

 संवाददाता    २०८१, २ पुष मंगलवार १५:००     63 जनाले पढ़िसके



Spread the love

बम विस्फोटमा परी रूसी सैनिकका एक वरिष्ठ अधिकारीको मृत्यु भएको छ।

मंगलबार राजधानी मस्कोमा बम विस्फोट हुँदा सेनाको आणविक सुरक्षा बलका प्रमुख लेफ्टिनेन्ट जेनेरल आइगर किरिलोभ मारिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

क्रेमलिनबाट सात किलोमिटर टाढामात्रै रहेको रियाजान्स्कीस्थित एक अपार्टमेन्ट बाहिर स्कुटरमा लुकाएर राखिएको बम विस्फोट हुँदा उनको मृत्यु भएको हो।

जाँच कमिटीले आइगरसँगै उनका सहयोगीको पनि विस्फोटमै परी मृत्यु भएको बताएको छ।

सोमबार मात्रै युक्रेनले किरिलोवमाथि युक्रेनमा प्रतिबन्धित रासायनिक हतियारक कथित उपयोगका लागि भूमिका खेलेको आरोप लगाएको थियो।