राष्ट्र बैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथली सर्दै

 संवाददाता    २०८१, २६ मंसिर बुधबार १५:०९     139 जनाले पढ़िसके



Spread the love

राष्ट्र बैंकको बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित नयाँ भवनमा सर्ने भएको छ ।

पुस १ गतेबाट ति विभागबाट हुने सबै सेवा नयाँ भवनबाट सञ्चालन हुने बैंकले जनाएको छ ।

भूकम्पपछि थापाथलीको भवनमा भएको क्षतिपछि ती विभाग बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनबाट सञ्चालन हुँदै आएका थिए । भूकम्पपछि थापाथलीमा राष्ट्र बैंकको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।