रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

 संवाददाता    २०८१, २६ मंसिर बुधबार १४:१३     121 जनाले पढ़िसके



Spread the love

पर्सा । सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ । बुधवार पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिए लगत्तै विमानबाट उनलाई सिमरा काठमाडौँ हुँदै कास्की पुर्‍याइएको हो ।

उनलाई जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो ।