गृह र सामान्य प्रशासन मन्त्रालयलाई धरानका मेयर साम्पाङले आजै पठाए तीन पत्र

 संवाददाता    २०८१, २३ मंसिर आईतवार १६:०६     132 जनाले पढ़िसके



Spread the love

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघीय सरकारलाई आइतबार तीन वटा पत्र पठाएका छन्।

दुइटा पत्र गृह मन्त्रालयका लागि हो भने एउटा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई छ।

मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन सामान्य प्रशासन मन्त्रालयलाई पत्रमार्फत् आग्रह गरेका छन्।

यस्तो छ पत्र:

469578716_1117498960171833_3514402661930525408_n-1733650625.jpg
प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम गर्न गाह्रो भएको उनको भनाइ छ। उनले तुरून्त प्रमुख प्रशासकीय अधिकृत पठाउन पनि आग्रह गरेका छन्।

मेयर साम्पाङले गृह मन्त्रालयलाई पनि पत्र पठाएका छन्। तस्करीको गाडी नियन्त्रणमा लिन माग गर्दै उनले गृहलाई पत्र पठाएका थिए।

नेपाली कांग्रेसका कार्यकर्तासमेत रहेका धरान ५ का सन्तोष लिम्बुले सरकारी जग्गामा ढुंगा निकालेर बिक्री गरेको पत्रमा मेयर साम्पाङले उल्लेख गरेका छन्।

यस्तो छ पत्र:

469508552_1117496540172075_4294988719677955149_n-1733650825.jpg
मंसिर ४ गतेदेखि नगर प्रहरीलाई ढुंगा झिक्ने गरेको ठाउँमा खटाउनु परेको र नेपाल प्रहरीले सहयोग पनि नगरेको मेयर साम्पाङको भनाइ छ।

उत्खनन् र ढुवानीमा प्रयोग भएका सवारी साधनलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीमा पत्र पठाए पनि काम हुन नसकेकोले गृह मन्त्रालयमा जानकारीसहित पत्र पठाउनुपरेको उनले उल्लेख गरेका छन्।

मेयर साम्पाङले गृहमन्त्री रमेश लेखकलाई पनि पत्र पठाएका छन्।

पत्रमा उनले आफूविरूद्ध समाचार लेखेका खोज पत्रकार केन्द्रका पत्रकारलाई कारबाही गर्न माग गरेका छन्।

यस्तो छ पत्र:

469506942_1117495703505492_7021092060355410828_n-1733651008.jpgनक्कली माओवादी बनेर साम्पाङले विगतमा चन्दा असुल गरेकोबारे मंसिर १४ गते पत्रकार गोपाल दाहाल एक समाचारमा उल्लेख गरेका विषयमाथि केन्द्रित रहेर मेयर साम्पाङले आफ्नो चरित्र हत्या भएको भन्दै पत्रकारलाई कारबाही माग गर्दै पत्र लेखेका हुन्।

प्रेस स्वतन्त्रताका नामा व्यक्ति र पद दुवैको मानहानी हुने गरी भ्रामक समाचार लेखिएको दाबी मेयर साम्पाङको छ।

यसैबीच सुनसरीका पत्रकारहरूले मेयर साम्पाङले धम्कीपूर्ण अभिव्यक्ति दिने गरेको भन्दै गृहमन्त्री रमेश लेखकलाई शनिबार ध्यानाकर्षण पत्र बुझाएका थिए।