अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

 संवाददाता    २०८१, २३ मंसिर आईतवार १५:०४     107 जनाले पढ़िसके



Spread the love

अमेरिकाको दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन्।

अमेरिकी राजदूतावासले उनी काठमाडौं आइपुगेको पुष्टि गरेको छ। लु अमेरिकी विदेश मन्त्रालयमा दक्षिण एसियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन्।

उनले शीर्ष नेता र नागरिक समाजका अगुवाहरूसँग भेटवार्ता गर्ने तथा वातावरण संरक्षण, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासका प्रमुख क्षेत्रहरूमा सहयोग अघि बढाउने विषयमा छलफल गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।