कृष्णभिरबाट त्रिशुलीमा खसेको बुलेटका चालक सम्पर्कमा

 संवाददाता    २०८१, २३ मंसिर आईतवार १४:२०     142 जनाले पढ़िसके



Spread the love

काठमाडौं । आइतबार बिहान धादिङस्थित कृष्णभिरबाट ग्याँस बुलेट खस्दा सम्पर्कबिहिन भएका चालक सम्पर्कमा आएका छन् । भारतीय नम्बर प्लेटको ग्याँस बुलेट काठमाडौंतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो ।

बुलेट चालक सम्कर्पमा आएको धादिङका एसपी दिपेन्द्र शाहीले बताए । बेनिघाट रोराङ गाउँपालिका–५ स्थित सड्कबाट अनियन्त्रित भएर बुलेट करिब ६० मिटर तल खसेको थियो ।