उदयपुरमा आगलागी हुँदा ५ लाखको बराबरको क्षति

 संवाददाता    २०८१, २० मंसिर बिहीबार १०:१६     26 जनाले पढ़िसके



Spread the love

उदयपुर । त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्य राति आगलागी हुँदा ५ लाख बराबरको धनमाल जलेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा,सुनचाँदी लगायत ५ लाख बराबरका सामान नष्ट भएको हो ।

घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका थिए ।

रासस