रा.स्व.पा.बाट निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले लिइन् शपथ

 रास्ट्रीय स्वतन्त्र पार्टी     २०८१, १८ मंसिर मंगलवार १५:२८     124 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौं महानगरपालिका १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले शपथ लिएकी छन् ।

नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई मंगलबार आयोजित एक कार्यक्रमका बिच काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शपथ गराएका छन् ।

शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायत सहभागी थिए भने सो क्रममा वडाध्यक्ष श्रेष्ठलाई बधाई तथा शपथ कार्यकालको शुभकामना पनि दिइएको थियो ।