हुम्लाको सर्केगाड गाउँपालिका मतगणना : माओवादी केन्द्रको अग्रता

 संवाददाता    २०८१, १७ मंसिर सोमबार १५:३०     116 जनाले पढ़िसके



Spread the love

सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ । पछिल्लो मत परिणामअनुसार १२८३ मत गणना गर्दा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमिल्सिनाले ४७७ मतसहित अग्रता लिएकी छन् ।

उनलाई एमालेका उम्मेदवार जाना शाहीले ४०३ मत ल्याएर पच्छ्याइरहेकी छन् भने नेपाली कांग्रेसका उम्मेदवार सविता बुढाले ३४८ मत प्राप्त गरेकी छन् ।

त्यस्तै राप्रपाका उम्मेदवारले २० र रास्वपाका उम्मेदवारले ५ मत ल्याएका छन् भने ३१ मत बदर भएको छ ।