पञ्चवर्षीय गढीमाई मेला विधिवत रुपमा उद्घाटन

 संवाददाता    २०८१, १७ मंसिर सोमबार १४:२७     96 जनाले पढ़िसके



Spread the love

मङ्सिर १७ गते । उपराष्ट्रपती राम सहाय यादवले सोमबार एक विशेष कार्यक्रमबिच पञ्चवर्षीय गढीमाईको मेला विधिवत रुपमा उद्घाटन गर्नुभएको छ ।

उपराष्ट्रपती यादवको गृह जिल्ला बारा जिल्लाको पञ्चवर्षीय गढीमाई मेला पशुबलीका लागि विश्वप्रख्यात छ । यादवले आफ्नै जन्मस्थलमा गढीमाईको पूजा अर्चाना गरि मेलाको शुभारम्भ गरेपछि गढीमाईको दर्शन गर्न सर्वसाधरणको भिड लागेको छ ।

मेला आयोजक मुल समितिले प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला मङ्सिर १ गतेदेखि मङ्सिर मसान्तसम्म लाग्ने भएपनि मेला आयोजक मुल समितिले मेलाको विधिवत उद्घाटन भएपछि र्कायतालिका प्रकाशित गरी मङ्सिर २३ गते शनिवार तान्त्रिक विधि अनुसार दुखन धामी कछडियाले मुल पुजारी मङगल चौधरीसँग मिलेर आफ्नो मानव अङ्गको पाँच ठाउँबाट रगत र बलीको रुपमा सेतो मुसा परेवा हाँस सुगङुर र रागाको बली दिएपछि सर्वसाधारणले भाखल अनूरुपको बली तोकिएको स्थानमा चढाउने छन् ।

यस्तै, मङ्सिर २४ गते सानोबलीको रुपमा बोका परेवा हाँस र कुखुराको बलि चढाइने छ । सानो बलिका लगि निश्चित स्थान नतोकिएकोले गढीमाईको सिमाना भनिएको पसहा खोला पारी पुगेपछि पायक पर्ने ठाउँमा बलि चढाउने गरिन्छ र २५ गते मन्दिर परिसरमा परेवा उढाउने कार्यतालिका रहेको छ । यसका लागि बारा जिल्लाका १६ वटै पालिकाले मङ्सिर २३ र २४ गते आ आफ्ना पालिकामा बिदा दिने घोषणा गरेका छन् ।

महागढीमाई नगरपालिकाका नगर प्रमुख एंव मेला मुल आयोजक समितिका अध्यक्ष उपेन्द्र यादबले मेला अवधिभर लगभग एक करोड भक्तजनले गढीमाई मेलाको अवलोकन तथा र्दशन गर्ने अनुमान रहेको बताउनुहुन्छ । उहाँले ठुला बलिको रुपमा यस भन्दाअघिको मेलामा दस हजार रागा भैसी र सुगुङ्रको बलि चढेकोमा यस वर्ष ११ हजारको हाराहरीमा ठुलाबलि चढ्ने दाबि गर्नुभयो ।

सामाजिक धार्मिक तथा अन्य सङ्घ सस्थाले बलिप्रथाको बिरोध गर्दै आएकोमा २०७३ साल भदौ २० गते सर्वोच्च अदालतले सरकारको नाममा आदेश जारी गर्दै पशुबलि दिने र्कायमा प्रत्यक्ष र परोक्षरुपमा संलगन नहुन र बलिलाई निरुत्साहित पार्नु भनेर आदेश जारी गरेको भए पनि आदेश र्कायान्वयनमा आएको छैन ।

मेला मुल समितिका अध्यक्ष उपेन्द्र यादबले मेला मुल समिति र पुजारी समेतले कसैलाई बलिदानको लागि प्रोत्साहित नगरेको तर भक्तजनहरुमा आफैले श्रद्धा भक्ति आस्था र भाकल पुरा गर्न बलि दिने गरेकोले यसलाई रोक्न नसकिने बताउनुहुन्छ ।