रौतहटको तीनवटा वडामा दिउँसो १ बजेसम्म कति खस्यो मत ?

 संवाददाता    २०८१, १६ मंसिर आईतवार १४:११     107 जनाले पढ़िसके



Spread the love

१६ मंसिर, जनकपुरधाम । रौतहटको तीनवटा वडामा वडाध्यक्ष पदको लागि उपचुनाव हुँदै छ । बिहान ७ बजेदेखि रौतहटको इशनाथ नगरपालिका ७, राजपुर नगरपालिका ६ र गढीमाई नगरपालिका ८ मा वडाध्यक्ष पदका लागि मतदान भइरहेको छ ।

इशनाथ नगरपालिका वडा नम्बर ७ मा २ हजार ७ सय ७ मतदाता रहेकोमा दिउँसो १ बजेसम्म १ हजार ६ सय २३ मत खसेको छ ।

यस्तै राजपुर नगरपालिका वडा नम्बर ६ मा दिउँसो १ बजेसम्म १ हजार २४१ मत खसेको छ । त्यस वडामा २ हजार ५ सय ४६ मतदाता छन् ।

यस्तै गढीमाई नगरपालिका ८ मा २ हजार ७ सय ५१ मतदाता रहेकोमा १ हजार ९ सय २७ मत खसेको छ ।