काठमाडौँ । नेकपा माओवादी केन्द्रले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएका छन् । बिहीबार दिउँसो ३ बजे कीर्तिपुरको नगाउँ दोबाटोमा हुने चुनावी सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्रले प्राडा.शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ । महर्जनलाई एकीकृत समाजवादीले समर्थन गरेको छ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज प्रचार प्रसारका लागि अन्तिम दिन हो ।