पश्चिमी वायूको सामान्य प्रभाव, तराईमा हुस्सु

 #आजको मौसम     २०८१, २ मंसिर आईतवार १०:०४     119 जनाले पढ़िसके



Spread the love

काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव हुने देखिएको छ । तर, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा हुने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले जनाएको छ ।

देशका तराई भू–भागका थोरै स्थानहरुमा हुस्सु ÷ कुहिरो लागेको छ । आइतबार दिउँसो कोशी प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक– दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

२०८१ मंसिर ०३ गते (सोमबार)

दिउँसोː कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।